• ६ असोज २०८३, मंगलबार
  • ८ः१५ राती

नेपालमा अब यी एप मात्र चल्ने

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०३:२०

भदौ १९,२०८२ काठमाडौं – सरकारले फेसबुक र युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार दर्ता नभएका वा सूचीकरण प्रक्रियामा प्रवेश नगरेका सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गराइनेछन्।

National Life

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिएका छन्। निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।

यसअघि सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि एक साताको समय उपलब्ध गराएको थियो। हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरणमा आएका छन्। साथै, यसअघि प्रतिबन्ध लगाइएको टेलिग्रामले पनि आवेदन दर्ता गरेको र सोबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको निर्णयअनुसार सूचीकरणमा आएका सातवटा बाहेक अन्य सबै सामाजिक सञ्जाल नेपालमा बन्द हुनेछन्।

प्रतिकृया