• ५ असोज २०८३, सोमबार
  • १२ः४७ दिउँसो

अब भान्सामा भाँडा बजाउन,राति चर्को स्वरमा बोल्दा वा ठूलो आवाज निकाल्दा ३ लाखसम्म जरिवाना

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०३:०६

भदौ १९,२०८२ काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण न्यूनिकरणका लागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले जारी गरेको सूचनामा राति अबेरसम्म फोनमा चर्को स्वरले कुरा नगर्न, बिहानै वा राति प्रेसर कुकरमा सिट्ठी नलगाउन र ध्वनि नियन्त्रण उपकरण प्रयोग नगरी गीत–संगीत अभ्यास नगर्न अनुरोध गरिएको छ।

National Life

प्रहरीका अनुसार, ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा तथा बालबालिकामा यसको गम्भीर असर पर्न सक्छ। यसले मानसिक, शारीरिक र शैक्षिक स्वास्थ्यसँगै सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी प्रहरीले दिएको छ।

प्रहरीले राति अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल अनावश्यक रूपमा नबजाउन र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ। साथै, टोल–छिमेकमा यस्ता गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन समेत अनुरोध गरिएको छ।

प्रतिकृया