• ७ असोज २०८३, बुधबार
  • १०ः३३ राती

नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको मन्त्री भण्डारीको भनाइ

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०९:५८

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी प्रदान गर्दै आएको बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघको ३०औँ वार्षिक साधारण सभा तथा उद्घाटन कार्यक्रममा बोल्दै उनले पोसाक उद्योगले रोजगारी सिर्जना मात्र नभई विदेशी मुद्रा आर्जन र देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

National Life

मन्त्री भण्डारीले तीन दशकदेखि पोसाक उद्योगको प्रवर्द्धन, विकास र संरक्षणमा संघले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वदेशी उत्पादनलाई मजबुत बनाउन आवश्यक नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण, प्रविधि अनुकूलन र निर्यात विस्तारका लागि मन्त्रालयले नीति तथा कार्यक्रम ल्याउने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विदेशी ब्रान्डको तुलनामा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दा मुलुकको अर्थतन्त्र सबल हुने, रोजगारी बढ्ने र राष्ट्रिय पहिचान मजबुत हुने विश्वास व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले स्वदेशी उत्पादन प्रवर्द्धन र रोजगारी वृद्धि सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिकृया