• ९ असोज २०८३, शुक्रबार
  • ३ः३८ राती

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०९:५३

काठमाडौं –  संघीय संसद प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गत ६१औं बैठक आज दिउँसो १ बजेपछि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी मौखिक प्रश्नोत्तर तथा महत्वपूर्ण विधेयकहरू पेश गर्ने कार्यसूची तय भएको छ।

National Life

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।

त्यस्तै सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको सचिवालयले जनाएको छ।

प्रतिकृया