• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

डिशहोम र मेलुङ थकालीबीच विशेष छुटको सम्झौता

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०२:५८

भदौ १८,२०८२ काठमाडौं – डिशहोम र मेलुङ थकालीबीच विशेष छुटको सम्झौता भएको छ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत ‘मेलुङ थकाली’सँग सम्झौता गरेकाे हो ।

उक्त साझेदारीपछि डिशहोमका ग्राहकहरुले मेलुङ थकालीका सबै आउटलेटहरुमा थकाली परिकारमा १० प्रतिशत छुटको सुविधा रहेको छ । डिशहोमले नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत आफ्नो सबै आउटलेटहरूमा विशेष सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

Kamana Sewa

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेको छ ।

Classic Tech Desktop

छुट कसरी प्राप्त गर्ने ?

१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्ने,

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने,

४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट लिने ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर भएकाे छ। यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

प्रतिकृया