• २० असोज २०८३, मंगलबार
  • ८ः०२ राती

आजपनि रास्वपा र राप्रपाले गर्यो प्रतिनिधि सभा बैठक बहिष्कार

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०२:३८

भदौ १८,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।आजको बैठकमा रास्वपाका सांसद हरि ढकाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन्।

National Life

सांसद ढकालले सत्ता पक्षले रास्वपाविरुद्ध सुनियोजित रुपमा कदम चालेको आरोप लगाउँदै भिजिट भिसा प्रकरणमा जारी विरोधलाई निरन्तरता दिने बताए। उनले आगामी निर्वाचनमा जनताले यसको जवाफ दिने चेतावनीसमेत दिए।

त्यस्तै, सांसद शाहीले सडक अबरुद्ध हुँदा जुम्लाको स्याउ काठमाडौं ल्याउन कठिन भएको उल्लेख गर्दै सबैलाई जुम्लाको स्याउ खाइदिन आग्रह गरे। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग राख्दै आएका छन्। दुवै दलले गत जेठ १३ गतेदेखि नै संसदमा निरन्तर विरोध जारी राखिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया