• २० असोज २०८३, मंगलबार
  • ९ः३८ राती

शेयर बजार लगातार राताम्य

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०३:१२

भदौ १८,२०८२ काठमाडौं – पछिल्ला दिनमा शेयर बजार लगातार राताम्य देखिँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ। बैंक तथा वित्तीय संस्थाको लाभांश सिजन चलिरहेको भए पनि बजारले गति लिन सकेको छैन।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १५.५९ अंकले घटेर २७२६.३७ बिन्दुमा झरेको छ। आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।

आज १२ उपसूचक राताम्य भए। वाणिज्य बैंक समूह ०.४९ प्रतिशत, विकास बैंक ०.९२ प्रतिशत, फाइनान्स ०.५९ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९३ प्रतिशतले घटेका छन्। बजारमा ३९ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया