सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा AML/CFT तालिम, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार १०:०७
भदौ १८,२०८२ काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा उक्त तालिमको आयोजना गरेको हो ।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुबेदी र उपनिर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरेका थिए । तालिममा उनीहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा विभागीय प्रमुखहरू पनि उपस्थित रहेका थिए।

हाल सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखामार्फत जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेको छ।




प्रतिकृया