• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

गृहमन्त्री लेखकको स्पष्ट प्रतिक्रिया: लिम्पियाधुरा, कालापानी र लिपुलेक पूर्ण रूपमा नेपालको भूमि

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०१:४६

भदौ १६,२०८२ काठमाडौं –गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्नु कुनै देशसँग सम्बन्ध बिग्रनुपर्ने कारण होइन। मित्रराष्ट्र भारत र चीनले पनि यसमा चित्त दुखाउनु पर्दैन।”

लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँगको द्विपक्षीय सम्झौतामा आपत्ति जनाउनु सही भएको बताए। उनले नेपालकै भूमि कुनै पनि देशका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि दोहोर्याए।

Kamana Sewa

प्रतिकृया