• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

अर्थमन्त्री पौडेल : वर्तमान सरकार सबैभन्दा बलियो, पर्यटन प्रवद्र्धनमा सरकार गम्भीर

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०२:४४

भदौ १५,२०८२ काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई संसदीय अंकगणितको हिसाबले सबैभन्दा बलियो र स्थिर रहेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभामा बोल्दै उनले ठूला दुई दल मिलेर बनेको सरकार २०८४ सालको निर्वाचनसम्म स्थिर रहने दाबी गरे।

Kamana Sewa

उनले भने, “अहिलेको संसदीय अंकगणितभित्र यसभन्दा बलियो र स्थिर सरकार अर्को हुन सक्दैन। हामीले यसबीचमा स्थिरता कायम गरेका छौं। अब सरकार फेरिन्छ भन्ने आशंका र दुबिधाबाट देश निस्किएको छ।”

Classic Tech Desktop

कार्यक्रममा मन्त्री पौडेलले पर्यटन प्रवद्र्धनलाई सरकारले शीर्ष प्राथमिकतामा राखेको बताए। नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “अहिले सरकारले पर्यटन प्रवद्र्धनका लागि नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ। गर्नुपर्ने जे हो, सरकारले सबै गर्छ।”

अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा कर छुटको माग बढी आउने गरेको चर्चा गर्दै राज्य सञ्चालनका लागि अन्धाधुन्ध छुट सम्भव नभएको स्पष्ट पारे।

उनले व्यवसाय प्रवद्र्धनका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गर्दै भने, “करमा जताततै छुट दिन थालियो भने राज्य चलाउन सकिँदैन। साधारण खर्च धान्न धौधौ छ भने विकास त परको कुरा भयो। त्यसैले कर छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनका लागि के प्रस्ताव हुन्छ भन्ने ल्याउनुहोस्, सरकार सम्बोधन गर्न आतुर छ।”

प्रतिकृया