• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

नेप्सेमा भारी गिरावट, दुई दिनमै लगानीकर्ताको मनोबल कमजोर

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०३:२६

भदौ १५,२०८२ काठमाडौं –  शेयर बजारमा लगातार दुई दिनदेखिको ठूलो गिरावटले लगानीकर्ताको मनोबल कमजोर भएको छ। बजारमा आएको भारी गिरावटका कारण धेरै सामान्य लगानीकर्ताले वित्तीय नोक्सानी व्यहोर्नु परेको छ।

National Life

बजार ३००० बिन्दु नजिक पुगेका बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा शेयर खरिद अभियान चलाएका थिए। तर अहिले ती लगानीकर्ताको ठूलो रकम जोखिममा परेको छ। सोझा र सामान्य लगानीकर्ताहरू बजारको यस्तो चलखेलमा फस्दै गएका कारण बजारको पारदर्शिता र लगानीकर्ताप्रतिको विश्वासमा गम्भीर असर परेको बताइन्छ।

हाल सूचकहरू सकारात्मक देखिए पनि बजार वृद्धि गर्न नसकेको विज्ञहरूले माफियाको चलखेल र अनियमित गतिविधिसँग जोडेर विश्लेषण गरेका छन्। लगानीकर्ता दिपेन्द्र अग्रवालले बजार सुधारका लागि आवश्यक कदम चाँडै चाल्नुपर्नेमा जोड दिँदै “जबसम्म आइपीओ र प्रि–आइपीओको लगातार प्रवाह रोकिँदैन, बजारमा स्थायित्व आउन गाह्रो हुन्छ” भनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, दशैं नजिकिँदै गर्दा धेरै लगानीकर्ताले खर्च जोहोका लागि शेयर बिक्री गरी नाफा बुक गर्न थालेको अनुमान पनि गरिएको छ।

आइतबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.६९ अंकले घटेर २७५०.३० बिन्दुमा कायम भएको छ। यस दिन ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा झन्डै ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको हो।

१३ वटै उपसूचक राताम्य बनेका छन्। वाणिज्य बैंक समूह ०.७४ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स समूह १.१९ प्रतिशत र होटल तथा पर्यटन समूह १.१८ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको घटेको छ।

प्रतिकृया