• १३ असोज २०८३, मंगलबार
  • ३ः४५ दिउँसो

राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिक्ने

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार १२:३७

भदौ ११,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको उद्देश्यसहित अल्पकालीन उपकरण निक्षेप संकलनको माध्यमबाट २५ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

National Life

पछिल्ला हप्ताहरूमा राष्ट्र बैंकले हरेक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्ने कार्य गर्दै आएको छ। सोही सिलसिलामा आज पनि निक्षेप संकलनमार्फत रकम संकलन गरिन लागेको हो। राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

बोलकबोल प्रक्रियाका लागि अनलाइन बिडिङ प्रणाली प्रयोग गरिनेछ, जसमा आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने जनाइएको छ। यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी मिति असोज ५ गते तोकिएको छ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया