• २० असोज २०८३, मंगलबार
  • ६ः१९ बेलुका

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०९:५४

भदौ ४,२०८२ काठमाडौं – प्रतिनिधि सभाको छैटौं अधिवेशनको ५६औं बैठक आज (भदौ ४ गते, बुधबार) दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ।

National Life

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम रहेको छ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

साथै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिकृया