उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेसभित्र फूट, शेखर समूहबाट बडु मात्र सहभागी
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०३:४१
भदौ ३,२०८२ काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि भएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र गहिरो विभाजन देखिएको छ।
कांग्रेस नेता शेखर कोइराला पक्षबाट जम्मा एक सांसद, दिलेन्द्र बडु मात्र हस्ताक्षरमा सहभागी भएका छन्। कोइराला समूहले आफ्ना पक्षमा १६ जना सांसद रहेको दाबी गर्दै आएको छ, तर बाँकी सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
यसबीच, पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर गरेका छैनन्। गगन थापा सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै सहभागी नभएको बताइएको छ।
यद्यपि, थापाको निकट मानिने सांसद सपना राजभण्डारी भने हस्ताक्षरमा सहभागी भएकी छन्।
यसअघि पनि पोहोर भदौ २५ गते उपसभामुखलाई हटाउने प्रयास भएको थियो तर शेखर कोइरालाको असहमतिकै कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।








प्रतिकृया