• २० असोज २०८३, मंगलबार
  • ११ः५२ राती

उपसभामुख हटाउन विपक्षी दलहरू छलफलमा बस्दै

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०२:३१

भदौ ३,२०८२ काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुखलाई हटाउने सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरूले पनि छलफलका लागि बैठक बोलाएका छन्।

National Life

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज (मंगलबार) दिउँसो साढे २ बजे बैठक बस्ने कार्यक्रम रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यका अनुसार, “उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठकले विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएकोले बैठक आह्वान गरिएको हो।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया