हामी सामाजिक सञ्जालमा सेयर किन्ने वा बेच्ने सल्लाह दिंदैनौँ:नेप्से
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०२:२१
भदौ ३,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामाजिक सञ्जालमा सेयर कारोबार गर्न उक्साउने वा किनबेचका सिफारिस दिने काम गैरकानुनी भएको चेतावनी दिएको छ।
नेप्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने र खरिद–विक्री मूल्य नतोक्ने स्पष्ट पार्न चाहन्छ। त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्।”
भ्रामक सामग्रीमा स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झुठा दाबीहरू देखिएको बताइएको छ। नेप्सेले लगानीकर्तालाई आह्वान गरेको छ कि, यस किसिमका अफवाह, अनधिकृत च्याट ग्रुप, क्लबहाउस, टेलिग्राम समूह आदि आधारमा कारोबार नगर्नुहोस्।
साथै नेप्सेले आफ्नो नाम, लोगो वा भवनको तस्बिर प्रयोग गरेर एप, पेज वा समूह बनाइएका माध्यममा व्यक्तिगत विवरण नदिन र आफ्नो पासवर्ड कसैलाई नदिन पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ कि यस्तो अनधिकृत काम दण्डनीय अपराध हो।








प्रतिकृया