सिंहदरबारमा उपसभामुख हटाउन धमाधम हस्ताक्षर गर्दै एमाले सांसदहरु
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार १२:०८
भदौ ३,२०८२ काठमाडौं – उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले एकजुट भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई आकस्मिक रूपमा बोलाएर महाअभियोग प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु भएको छ।
सत्तारूढ गठबन्धनले उपसभामुख रानाले आफू सहित पाँचजनालाई भिसा अन्तर्वार्ताका लागि समय उपलब्ध गराउने पत्र लेख्दा पदमाथि नाजुक व्यवहार देखाएको भन्दै नैतिकतामाथि प्रश्न उठाएको उल्लेख गरेको छ।
सिंहदरबारमा भएको तयारी अनुसार दुवै दलका सांसदहरू क्रमशः संसदीय दलको कार्यालयमा उपस्थित हुँदैछन्। हिजो सोमबार साँझ बालुवाटारमा कांग्रेस र एमालेका नेताहरू तथा महान्यायाधिवक्ता रमेश बडालसहित बैठक भएको थियो। बैठकमा सामाजिक सञ्जाल नियमनसँगै उपसभामुखको महाअभियोगसम्बन्धी छलफल पनि भएको थियो।
उपसभामुख रानाविरुद्धको आरोपमा अमेरिकामा भिसा जारी गर्न आफ्नो लेटरप्याडबाट अमेरिकी राजदूतावासमा पत्र पठाएको उल्लेख छ। यसै आधारमा कांग्रेस–एमाले मिलेर उपसभामुख हटाउने तयारीमा छन्।








प्रतिकृया