• २० असोज २०८३, मंगलबार
  • ६ः१८ बेलुका

छुट्ला है ! स्वस्तिक लघुवित्तको आईपीओ आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार १२:३४

भदौ ३,२०८२ काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ। यस आईपीओ पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको थियो भने दोस्रो चरण सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

National Life

लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र विदेशमा काम गरिरहेका नेपालीका लागि शेयर वितरण गरिएको थियो।

दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता शेयर उपलब्ध गराइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी बी रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमा पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया