• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

बन्दीपुर केवलकार एण्ड टुरिजमले भदौ ११ गतेदेखि आईपीओ खुला गर्ने

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार १०:०५

भदौ ३,२०८२ काठमाडौं—बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको हो।

National Life

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। सो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारमा गएका नेपालीलाई ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो।

अब कम्पनीले कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता सुरक्षित गरी बाँकी रहेका ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। यस अनुसार न्यूनतम १ हजारदेखि अधिकतम २० लाख रुपैयाँसम्मको लगानी गर्न सकिनेछ। आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। तर, सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि भदौ २५ गतेसम्म लम्बिन सक्नेछ।

यस आईपीओलाई केयर रेटिंग्स नेपालले ‘केयर–एनपी डबल बी इश्युअर’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ।

आईपीओ निष्कासन र बाँडफाँडको व्यवस्थापन नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

प्रतिकृया