• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०९:३५

भदौ३ ,२०८२ काठमाडौं—अमेरिकाले हालै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, तोकिएको कानुन उल्लङ्घन गर्ने र बसाइ अवधि नाघ्ने विद्यार्थीहरूमाथि कारबाही स्वरूप भिसा रद्द गरिएको हो।

National Life

विदेश मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका विद्यार्थीमध्ये धेरैजसो मदिरा सेवन गरी गाडी चलाउने, चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादसम्बन्धी गतिविधिलाई समर्थन गर्ने आरोपमा परेका छन्।

यस कदमलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफलका रूपमा लिइएको छ। सो नीतिअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति समेत कडाइ गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भन्ने स्पष्ट नगरे पनि प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध कारबाही गर्दै उनीहरूलाई यहुदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ।

प्राप्त विवरणअनुसार, ६ हजारमध्ये करिब ४ हजार विद्यार्थीको भिसा आपराधिक आरोपमा रद्द गरिएको हो भने २०० देखि ३०० भिसा ‘आईएनए ३ (बी)’ अन्तर्गत आतंकवादसम्बन्धी मुद्दामा रद्द गरिएको बताइएको छ।

प्रतिकृया