• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

२० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०९:४५

श्रावण ३०,२०८२ काठमाडौं —गत आर्थिक वर्षको चौथो त्रैमाससम्म देशका २० वटा वाणिज्य बैंकहरूले ७१ अर्ब ४५ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा यस अवधिसम्ममा बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको थियो।

उच्च नाफा आर्जन गर्ने बैंकहरू
असार मसान्तसम्म नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएर अग्रस्थानमा रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। नेपाल इन्भेष्ट मेगा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार, ग्लोबल आइएमई बैंकको १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

Kamana Sewa

प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ। एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार पुगेको छ।

Classic Tech Desktop

अन्य बैंकहरूको नाफा स्थिति
राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३,१८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार पुगेको छ।

सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार पुगेको छ।

नाफा घटेका बैंकहरू
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको नाफा ८५.५२ प्रतिशतले घटेर १० करोड १५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ।

प्रतिकृया