• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

सर्लाही बागमतीका निलम्बित मेयरलाई ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार १०:३०

श्रावण ३०,२०८२ काठमाडौं—सर्लाहीको बागमती नगरपालिका–का निलम्बित मेयर भरत थापालाई विशेष अदालतले ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाको जरिवाना असुल गर्ने फैसला सुनाएको छ।

अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको दोषी ठहर गरेको हो।

Kamana Sewa

तीनै जनाबाट समान रकम असुलउपर गरिने र जनही ८ वर्ष कैद सजाय तोकिएको अदालतले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया