• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

कामका क्रममा लाग्ने रोगलाई सरकारले पहिलोपटक ‘व्यवसायजन्य रोग’ का रूपमा कानुनी मान्यता

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०३:२३

श्रावण २७,२०८२ काठमाडौं — सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगलाई ‘व्यवसायजन्य रोग’ का रूपमा कानुनी मान्यता दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार व्यवसायजन्य रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो।

National Life

निर्णय अनुसार कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई अब व्यक्तिगत नभई कानुनी रूपमा सम्बोधन गरिनेछ। यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने र रोजगारदातालाई कार्यस्थल सुरक्षित बनाउन जिम्मेवार बनाउने सरकारको दाबी छ।

सरकारले मान्यता दिएका रोगलाई आठ श्रेणीमा वर्गीकरण गरिएको छ। यसमा रासायनिक, भौतिक, जैविक एजेन्टबाट हुने रोग, श्वासप्रश्वास प्रणालीका रोग, छाला र हाडजोर्नी रोग, मानसिक तथा व्यवहारिक रोग, र व्यवसायजन्य क्यान्सरसमेत समावेश छन्।

Classic Tech Mobile
Classic Tech Desktop

रासायनिक कारणले हुने रोगमा क्रोमियम, सिसा, पारा, बेन्जिन, सल्फर अक्साइड, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन आदि समावेश छन्। भौतिक कारणमा श्रवण शक्ति ह्रास, विकिरणको असर र अत्यधिक तापक्रमको प्रभाव पर्छ। जैविक कारणमा हेपाटाइटिस बी–सी, एचआईभी, ब्रुसेलोसिस, टिटानस, क्षयरोग, लेप्टोस्पाइरोसिस आदि पर्दछन्।

श्रम ऐन २०७४ अनुसार व्यवसायजन्य रोग लागेका श्रमिकलाई तोकिएको उपचार खर्च र उपचार सम्भव नभएमा क्षतिपूर्ति रकम रोजगारदाताले उपलब्ध गराउनु पर्नेछ।

सरकारले राजपत्रमा प्रकाशित गरेको रोगहरूको सूची हेर्नुहोस् :

प्रतिकृया