• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०३:०१

श्रावण २७,२०८२ काठमाडौं — सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ भोलि साउन २८ गतेदेखि खुल्ने भएको छ। भोलिदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री गर्न लागेको हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन १२ गते अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा १ लाख ४५ हजार २०० कित्ता निषकासन गर्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ घटीमा १ हजार र बढीमा ७ लाख रुपैयाँ लाग्नेछ। यसमा भोलि साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिंग नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिंग दिएको छ यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्।

यसमा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

सागर डिष्टिलरी एक मदिरा उत्पादक कम्पनी हो। यस कम्पनीले भोड्का, ह्विस्की र जिन श्रेणीका मदिराहरू उत्पादन गर्छ। यसका उत्पादनहरूमा नेप्से बुल, गभर्नर, रोयल ब्लू, बेरिज एण्ड ब्लुज, ग्रे वल्फ जस्ता मदिराहरू रहेका छन्।

प्रतिकृया