• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

नबिल बैंकको लाभांश क्षमता ५४.८७प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार १०:५६

श्रावण २७,२०८२ काठमाडौं — नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाउँदै १७.६४ प्रतिशत पुर्‍याएको छ। अघिल्लो आवको सोही अवधिमा यो क्षमता ११.३९ प्रतिशत मात्र थियो।

बैंकको वितरणयोग्य मुनाफा पनि ५४.८२ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि हो।

Kamana Sewa

खुद ब्याज आम्दानी यस अवधिमा १६ अर्ब ३२ करोड रुपैयाँ भएको छ, अघिल्लो वर्षको सोही अवधिमा यो १६ अर्ब ३१ करोड रुपैयाँ थियो। बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोडबाट बढेर १८ अर्ब ६० करोड पुगेको छ भने सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड रुपैयाँ भएको छ।

Classic Tech Desktop

रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको बैंकले निक्षेप संकलन १३.५३ प्रतिशतले बढाएर ५ खर्ब २४ अर्ब र कर्जा प्रवाह १०.४९ प्रतिशतले बढाएर ४ खर्ब १२ अर्ब पुर्‍याएको छ। इम्पेयरमेन्ट चार्ज ४ अर्ब ६३ करोडबाट घटेर २ अर्ब ३९ करोडमा सीमित भएको छ।

खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ भने कस्ट अफ फन्ड ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत भएको छ।

प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवमा २२.९० रुपैयाँ रहेकामा यस वर्ष २६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत कायम भएको छ।

प्रतिकृया