• १६ असोज २०८३, शुक्रबार
  • १०ः३४ राती

नापी कार्यालय कलंकीका कार्यालय सहयोगी घुससहित रंगेहात पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार १०:३३

श्रावण २७,२०८२ काठमाडौं — नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित टोलीले उनलाई कार्यालय परिसरमै १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो।

National Life

कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एक सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले अख्तियारमा सूचना दिएपछि आयोगले निगरानी गरेको थियो। निगरानीका क्रममा उनले मागेको रकम लिएपछि टोलीले पक्राउ गरेको हो।

अख्तियारका अनुसार, यस प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको संलग्नता हुनसक्ने देखिएको छ। आयोगले कार्यालय प्रमुखका दुईवटा मोबाइल र सर्भेक्षकको एकवटा मोबाइल बरामद गरेको छ। कुँवरको मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया