• १३ असोज २०८३, मंगलबार
  • ६ः०७ बिहान

अब, विदेशमा जन्मिएर बुवाको पहिचान नपाएका सन्तानलाई आमाको स्वघोषणामा नागरिकता

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०१:४७

श्रावण २६,२०८२ काठमाडौ — गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनमा संशोधन गर्न लागिएको जानकारी दिएका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा उनले विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था विधेयकमा समावेश गरिएको बताए।

National Life

उनका अनुसार, “विदेशमा बच्चा जन्मिए वा गर्भधारण गरी स्वदेश फर्किएपछि बुबाको पत्ता नपाइएमा आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको छ। सन्तानले विदेशको नागरिकता नलिएमा आमा र सन्तान दुबैको अधिकार सुरक्षित गर्न यो व्यवस्था गरिएको हो।”

लेखकले बुबाको मृत्यु, बेपत्ता वा दोस्रो विवाह गरेको अवस्थामा पनि आमाको नामबाट नागरिकता दिने प्रावधान रहेको बताए। “यदि बुबाले अपनत्व नदेखाएको वा आवश्यक स्नेह नदिएको खण्डमा बाबुलाई बाबु मान्नैपर्दैन,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्री लेखकले यस विधेयक सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई ध्यानमा राखेर अगाडि बढाइएको पनि बताएका छन्।

उनले भने, “सर्वोच्च अदालतको आदेश अनुसार आमाले स्वघोषणा गरेमा सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल उद्देश्य हो। संविधानको भावना अनुरूप महिलाको हक स्थापित गर्ने हाम्रो सरकारको सोच हो।”

प्रतिकृया