• १४ असोज २०८३, बुधबार
  • ५ः१४ बिहान

सुनसरीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार १०:३७

श्रावण २६,२०८२  सुनसरी — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्।

National Life

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएका हुन्।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई इनरुवा, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता खतिवडाले बताए।

प्रतिकृया