• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

सिरहा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०४:२९

श्रावण २३,२०८२काठमाडौं– सिरहाको कल्याणपुर नगरपालिका मेयर रामपुकार साह तेलिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साहमाथि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप छ।

वडा नं. ६ मा नाला निर्माण योजनाको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा बिचौलियामार्फत घुस मागेको उजुरीपछि अख्तियारको बर्दिवास कार्यालयको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको थियो।

Kamana Sewa

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एक लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागसहित शुक्रबार आरोपपत्र दायर गरिएको हो।

Classic Tech Desktop

प्रतिकृया