नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच भेटवार्ता,के भयो कुराकानी ?
प्रकाशित मिति
२०८२ श्रावण २३ गते, शुक्रबार ०४:२२
श्रावण २३,२०८२काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच पार्टी एकताबारे भेटवार्ता भएको छ।
हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको करिब एक घण्टाको भेटमा पार्टी एकताको औचित्य, सम्भावना र वर्तमान राजनीतिक परिस्थिति तथा कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे छलफल भएको बताइएको छ।
दुवै नेताले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरङ्कुश र भ्रष्ट बन्दै गएको भन्दै आलोचना गरेका छन्। साथै, नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था, भूमिका र कम्युनिष्ट आन्दोलनको रुपान्तरण तथा पुनर्गठनबारे पनि विचार विमर्श भएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग पनि भेट गरेका थिए।








प्रतिकृया