• २१ असोज २०८३, बुधबार
  • २ः०० राती

बागमतीका मुख्यमन्त्री बानियाँ २७ साउनमा विश्वासको मत लिने

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०३:२४

श्रावण २३,२०८२काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी २७ साउनमा विश्वासको मत लिने भएका छन्। २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले संविधानको धारा १६८(४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रस्ताव पेश गर्न लागेका हुन्।

National Life

११० सदस्यीय प्रदेशसभामा सरकार कायम राख्न ५६ सांसदको समर्थन आवश्यक छ। बानियाँलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थन प्राप्त छ। विश्वासको मतपछि उनले मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरेका छन्।

प्रतिकृया