रास्वपाको केन्द्रीय समिति बैठक आज, १३ एजेण्डामा छलफल(एजेण्डासहित)
प्रकाशित मिति
२०८२ श्रावण २३ गते, शुक्रबार १२:२६
श्रावण २३,२०८२काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ वटा एजेण्डा तय गरेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा मुख्य १३ एजेण्डामा केन्द्रित भएर छलफल हुने जनाएको छ ।
प्रवक्ता मनिष झाका अनुसार छलफलमा लागि केन्द्रीय सदस्यहरुलाई अधिकतम दुई मिनेट समय छुट्याइएको छ ।
यस्ता छन् एजेण्डाहरु:
१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा : केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन, आदी
२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट (अधिकतम ३ मिनेटका दरमा)
३. केन्द्रीय सदस्य रिपोर्टिङ (अधिकतम २ मिनेटका दरमा)
४. पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन ।
५. विधान ब्याख्या अनुमोदन सम्बन्धमा ।
६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा ।
७. पूर्व केन्द्रीय सदस्यहरुलाई पुन: जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा ।
८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा ।
९. रणनीतिक समूह गठन सम्बन्धमा ।
१०. संगठन सवलीकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा ।
११. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।
१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।
१३. विविध
- अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती) सम्बन्धमा ।
- मधेश प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा ।
- पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।
- सांसदहरुको लेबी सम्बन्धमा ।






प्रतिकृया