• २१ असोज २०८३, बुधबार
  • २ः३६ राती

छुट्ला है ! एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०१:४७

श्रावण २०,२०८२ काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशनमा ल्याएको हो।

National Life

कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गरी कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको पूँजी संकलन गर्न लागेको हो। यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। सो अनुसार, जेठ १४ गतेसम्म शेयर कायम भएका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ (IRN A-) रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

Classic Tech Mobile
Classic Tech Desktop

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन इच्छुक शेयरधनीहरूले मुक्तिनाथ विकास बैंकका देशभरका शाखा कार्यालय, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरू तथा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिकृया