मनसुनजन्य विपद्को जोखिम बढेसँगै कार्यवाहक प्रधानमन्त्रीको ‘हाइ अलर्ट’ मा रहन निर्देशन
प्रकाशित मिति
२०८२ श्रावण २० गते, मंगलवार १२:४३
श्रावण २०,२०८२ काठमाडौं – देशभर मनसुनजन्य विपद्को जोखिम बढेसँगै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबै सरकारी निकायलाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालयमा मंगलबार बसेको उच्चस्तरीय बैठकमा सिंहले बाढी, पहिरो र डुबानको सम्भावनाबारे जानकारी लिँदै खोज तथा उद्धारमा सतर्कता र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, प्राधिकरण प्रमुख दिनेश भट्ट र मौसम विभागका अधिकारीहरूको उपस्थिति थियो। लुम्बिनी प्रदेशमा बबई र राप्ती नदी आसपास डुबानको सम्भावना औंल्याइएको छ भने कैलाली, कञ्चनपुर र मकवानपुरमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। सिंहले विपद् व्यवस्थापनका सबै संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।





प्रतिकृया