• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार १२:२३

श्रावण २०,२०८२ काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यस प्रयोजनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूलाई लक्षित गरी १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

National Life

यो संख्या कम्पनीको कुल ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबर हो। यसअघि कम्पनीले कुल पूँजीको २० प्रतिशत, अर्थात् १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मको आवेदन दिन सकिनेछ। आवेदन दिने समय भदौ १ गतेसम्म तोकिएको छ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म म्याद थप गरिनेछ। आईपीओ निष्काशनको लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “आईआरएन सीगुल बी प्लस” इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीमा वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको देखाउँछ।

Classic Tech Mobile
Classic Tech Desktop

धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिकृया