• ५ साउन २०८३, मंगलबार
  • १२:३९ बिहान

आज पनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ११:०७

श्रावण २०,२०८२ काठमाडौं  आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

Kamana Sewa

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया