• २४ भदौ २०८३, बुधबार
  • ५ः०२ बेलुका

अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

प्रकाशित मिति

२०८२ श्रावण १७ गते, शनिबार १०:०७

श्रावण १७, २०८२ काठमाडौं  अबदेखि सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने नयाँ खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ग्राहक पहिचान प्रणालीलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेञ्जले यो कार्यान्वयनमा ल्याउने तयारी गरेको हो।

National Life

नेप्सेले आफ्ना सम्पूर्ण कारोबार सदस्यहरूलाई नयाँ कारोबार खाता खोल्दा ग्राहकबाट राष्ट्रिय परिचय पत्र वा सोको नम्बर अनिवार्य रूपमा संकलन गर्न अनुरोध गरेको छ। यस निर्णयबाट सेयर बजारमा पारदर्शिता, जोखिम व्यवस्थापन र वित्तीय प्रणालीमा प्रविधि एकीकरण थप मजबुत हुने विश्वास गरिएको छ। साथै, यसले अवैध कारोबार रोकथाम र नियमनकारी निकायहरूको निगरानी क्षमता बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया