• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

प्रधानमन्त्री ओलीद्वारा रानी जमरा कुलरिया आयोजनाको सिँचाइ र जलविद्युत् उद्घाटन

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०६:०५

श्रावण १३ ,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, ४.७१ मेगावाट जलविद्युत् र ३३ केभी प्रसारण लाइनको उद्घाटन गरेका छन्।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत दोस्रो चरण सम्पन्न भइसकेको र तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरियालगायत पालिकामा सिँचाइ विस्तार गरिने भएको छ।

Kamana Sewa

प्रधानमन्त्री ओलीले आयोजनालाई जलस्रोत तथा ग्रामीण कृषि विकासमा ऐतिहासिक उपलब्धि भन्दै स्थानीय सहभागिता र सरकारी समन्वयबाट सफलताको जग खडा भएको बताए।

Classic Tech Desktop

साथै उनले सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनाहरू चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिकृया