• २१ असोज २०८३, बुधबार
  • ३ः४६ राती

आज नेप्से सामान्य घट्यो , कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ०३:२७

श्रावण १२,२०८२ काठमाडौं ।साताको दोस्रो कारोबार दिन आज शेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २.०७ अङ्कले बजार घटेर नेप्से सूचक दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।

National Life

आज कूल ३२१ वटा कम्पनीको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन २६ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस आधारमा आज कारोबार रकममा ठूलो उतारचढाव आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया