आइएमई मोटर्स ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित
प्रकाशित मिति
२०८२ श्रावण १२ गते, सोमबार १०:४३
श्रावण १२,२०८२ काठमाडौं ।आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिसक्दा प्राप्त यो सम्मानले दुई पक्षको सहकार्यमा थप ऊर्जा भरेको छ।

यो अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आइएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।
यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो। आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले भने, “यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको पनि सर्भिस प्रमुख श्रेष्ठले उल्लेख गरे।




प्रतिकृया