• २३ भदौ २०८३, मंगलबार
  • ८ः१६ राती

नेपाल युवा सङ्घले लुम्बिनी अध्यक्ष सुरज खरेल निलम्बन

प्रकाशित मिति

२०८२ श्रावण १० गते, शनिबार १०:५०

श्रावण १०,२०८२ काठमाडौं ।  नेपाल युवा सङ्घले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ। संगठनको गरिमा र अनुशासनमा आँच पुर्‍याउने गतिविधिमा संलग्न भएको आरोपमा केन्द्रीय समितिको निर्णयअनुसार उनलाई निलम्बन गरिएको हो।

National Life

महासचिव महेश चौलागाईंले जारी गरेको पत्रमा खरेललाई २०८२ असार २५ गते स्पष्टीकरण मागिएको उल्लेख छ। तर उनले भौतिक रूपमा उपस्थित भई जवाफ नदिएको र पठाएको स्पष्टीकरणमा पनि गैरजिम्मेवार र अराजक व्यवहार देखिएकोले निलम्बन गरिएको जनाइएको छ।सङ्घले संगठनविपरीतका गतिविधि र नेतृत्वप्रति असहयोग जनाउने प्रवृत्तिलाई सह्य नहुने स्पष्ट पारेको छ।

प्रतिकृया