• २३ भदौ २०८३, मंगलबार
  • ८ः१६ राती

उदयपुरमा एक वर्षमै साढे आठ हजारले लिए राहदानी

प्रकाशित मिति

२०८२ श्रावण १० गते, शनिबार १०:४०

श्रावण १०,२०८२ काठमाडौं ।  एक वर्षको अवधिमा उदयपुर जिल्लामा झण्डै साढे आठ हजार नागरिकले राहदानी लिएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा कुल ८ हजार ३६५ जनाले राहदानी बनाएका हुन्।

National Life

प्रशासन कार्यालयका अनुसार राहदानी लिनेहरूमा पुरुषको संख्या बढी रहेको छ। उक्त अवधिमा ५ हजार ६४२ जना पुरुष र २ हजार ७२२ जना महिलाले राहदानी लिएका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले राहदानी बनाउने अधिकांशको उद्देश्य वैदेशिक रोजगारी रहेको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए। स्थानीय जानकारहरूका अनुसार देशमा रोजगारीको अवसरको अभाव र श्रमको उचित मूल्य नपाएकै कारण वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दो छ।

Classic Tech Desktop

प्रतिकृया