• २३ भदौ २०८३, मंगलबार
  • ९ः५६ बिहान

राप्ती हाइड्रोका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा

प्रकाशित मिति

२०८२ श्रावण १० गते, शनिबार १२:५५

श्रावण १०,२०८२ काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। लिलामी साउन १३ गतेदेखि २० गतेसम्म खुला हुनेछ। कम्पनीले असार १ देखि २२ गतेसम्म १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो, जसमा ५४ लाख २३ हजार ८२७ कित्ता मात्र बाँडफाँट गरिएको थियो।

National Life

लिलामीमा न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ राखिएको छ र कम्तीमा १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताले भाग लिन सक्नेछन्। सेयर बिक्री प्रबन्धकको रूपमा म्युक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। इच्छुक लगानीकर्तालाई तोकिएको समयमा आवेदन दिन अनुरोध गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया