• २३ भदौ २०८३, मंगलबार
  • ८ः१६ राती

राष्ट्रकै सर्वोच्च पदमा पुगेपछि पदको लोभ छैन : विद्यादेवी भण्डारी

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०४:२७

श्रावण ९,२०८२ काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अब कुनै पदप्रतिको महत्वकांक्षा वा आशक्ति नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू राष्ट्रको सर्वोच्च पद सम्हालिसकेकाले अब नयाँ पदको लोभ नरहेको बताएकी हुन्।

National Life

“कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति छैन,” उनले भनिन्, “किनभने मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु।”

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक जीवनबाट टाढा नहट्ने संकेत पनि दिएकी छिन्। उनले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि पुनः राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने आफ्नो संकल्पप्रति स्पष्टता दिइन्।

Classic Tech Desktop

“म राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्पमा पुगेकी हुँ,” उनले भनिन्, “यो मेरो संवैधानिक अधिकार हो। म राजनीतिबाटै राष्ट्रपतिको पदमा पुगेकी हुँ र अब पुनः पार्टीमार्फत जनताको सेवा गर्न तयार छु।” उनको यो अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया