• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान निषेध, भदौ १ देखि जरिवाना

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०४:२८

श्रावण ९,२०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत नगर प्रहरी प्रमुख राजु पाण्डेले असार ३२ गतेको नगर सभाको निर्णय अनुसार श्रावण ९ गतेदेखि एक महिना प्रचारप्रसार गर्ने र भदौ १ गतेदेखि कार्यान्वयन सुरु हुने जानकारी दिए।

National Life

धुम्रपान गर्नेलाई पहिलो पटक ५ सय र दोहोरिएमा जरिवाना दोब्बर गरिनेछ। त्यस्तै, तोकिएको स्थान बाहेक सवारी पार्किङ गरेमा मोटरसाइकललाई १ हजार, कार/भ्यानलाई २५ सय, मिनीट्रकलाई ३५ सय र बस/ट्रकलाई ५ हजार जरिवाना गरिनेछ।

सार्वजनिक स्थानमा पम्प्लेट, पोस्टर टाँस्ने वा फोहर गर्ने कार्यमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने र गल्ती दोहोरिएमा दोब्बर गरिने व्यवस्था गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया