• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

कुलिङ पिरियडको विषयमा कांग्रेसको अडान, कम्प्रमाइज नहुने प्रवक्ता डा. महतको चेतावनी

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०१:२८

श्रावण ६ ,२०८२ काठमाडौं ।  सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निजामती विधेयकमा रहेको कुलिङ पिरियड व्यवस्था हटाउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेसले यसमा कुनै किसिमको कम्प्रमाइज नगर्ने स्पष्ट पारेका छन्।

National Life

बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुलिङ पिरियड समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेको उल्लेख गर्दै त्यसलाई हटाउन खोज्नु अनुचित भएको बताएका हुन्। उनले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावको आलोचना गरेका थिए।

डा. महतले भने, “गठबन्धनको सरकार बनाउँदा एकअर्काको दृष्टिकोण स्वीकार गर्नुपर्छ। म जे चाहन्छु, त्यही हुनुपर्छ भन्ने शैलीले गठबन्धन चल्दैन। प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ र कांग्रेसको जायज माग सम्बोधन गर्नुपर्छ।” उनले संविधान संशोधनसम्बन्धी ७ बुँदे सहमतिको कार्यान्वयनमा ढिलाइ भएको भन्दै अब ढिलो भए पनि त्यो अगाडि बढाउनुपर्नेमा जोड दिए। “नचाहिने माग कांग्रेसले राख्दैन, कांग्रेस आफैं उदार पार्टी हो,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

डा. महतले आगामी प्रतिनिधिसभा चुनावसम्म गठबन्धनलाई टिकाउने लक्ष्य रहेको भन्दै त्यसका लागि नियुक्तिमा सन्तुलन र नीतिगत निर्णयमा सहकार्य अपरिहार्य रहेको बताए। भूमि सम्बन्धी विधेयकजस्ता संवेदनशील विषयमा एकलौटी निर्णय नभई समग्र छलफलको आवश्यकता रहेको उनले उल्लेख गरे।

उनका अनुसार कुलिङ पिरियडजस्ता व्यवस्थाले राजनीतिक मर्यादा र सुशासन कायम राख्न भूमिका खेल्ने भएकाले कांग्रेस त्यसबाट पछि हट्न तयार छैन। उनको यो अभिव्यक्तिले सत्तारूढ गठबन्धनभित्रको आन्तरिक असमझदारी सतहमा आएको संकेत देखिएको छ।

प्रतिकृया