• २१ असोज २०८३, बुधबार
  • ४ः५३ बिहान

विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलर लैजान पाउने

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०१:२६

असार २७,२०८२ काठमाडौं ।  अब विदेश भ्रमणमा जाने नेपालीले बढीमा ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सीमा वृद्धि गरिएको हो।

National Life

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै हालको २ हजार ५ सय डलरको सीमा बढाएर ३ हजार डलर पुर्‍याइएको घोषणा गरे।

नयाँ व्यवस्था अनुसार व्यक्तिगत भ्रमणका क्रममा विदेशी मुद्राको प्रयोग सहज हुने अपेक्षा गरिएको छ। पर्यटन, व्यापारिक भ्रमण वा स्वास्थ्य उपचारजस्ता प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकका लागि यो नीति सहयोगी हुने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया