• २१ असोज २०८३, बुधबार
  • ४ः५३ बिहान

घर कर्जाको सीमा ३ करोड रुपैयाँ पुग्यो

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०१:३५

असार २७,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ। शुक्रबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा गभर्नर डा. विश्वनाथ पौडेलले अब बैंकहरूले घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा दिन सक्ने व्यवस्था गरिएको जानकारी दिएका हुन्।

National Life

हालको प्रणालीमा बैंकहरूले घरको मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था यथावत राखिँदै, सीमा २ करोडबाट बढाएर ३ करोड पुर्‍याइएको हो।

नयाँ नीतिले शहरी क्षेत्रमा घर किन्ने वा निर्माण गर्ने व्यक्तिहरूलाई थप सुविधा दिने विश्वास गरिएको छ। साथै, यसले रियल इस्टेट र निर्माण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया