• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित (सहमति सहित)

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार १०:३५

असार २७,२०८२ काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले एक महिनादेखिको आन्दोलन स्थगित गरेका छन्। आन्दोलन स्थगित भएसँगै शुक्रबारदेखि सुनचाँदी पसल नियमित रूपमा खुल्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।

National Life

आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनमा २% विलासिता कर र हीराजडित गहनामा १३% भ्याट लगाउने निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। सहमतिअनुसार कर तथा भ्याटका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिनेछ र त्यसबेलासम्म नयाँ कर दर लागू नहुने सहमति भएको महासंघले जनाएको छ।

साथै, सुन आयात, बिक्रीवितरण र व्यवस्थापनसम्बन्धी कार्यविधि प्रभावकारी बनाउने, स्थानीय स्तरमा सुनको पहुँच सहज बनाउने, र आवश्यक संशोधनहरू गर्ने विषयमा पनि सहमति भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया