• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०९:५९

असार २७,२०८२ काठमाडौं । आजदेखि स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो । उनीहरुका लागि २३ हजार १ सय कित्ता आईपीओ निष्काशन गरेको छ । सो आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ।

National Life

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

प्रतिकृया